१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको प्रस्ट विमति : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली काँग्रेसको प्रस्ट रूपमा विमति रहेको बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि संसद् भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताए ।

‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रस्ट रूपमा विमति नै छ,’ उनले भने ।

उनले नेपालको प्रधानमन्त्रीले नेपालको संसद्प्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने बताए ।

‘पुष्पकमल दाहाल अहिले तेस्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो । तर पहिलो र तेस्रो पटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो । तीनपटक मध्ये दुई पटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो,’ शर्माले अघि भने, ‘त्यसैले प्रधानमन्त्रीले पनि संसद्प्रति राख्ने सम्मान भुल्नु हुँदैन । नेपालको संसदीय परिपाटी, संसदको गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रितम सिंहले मेहनत गरेको भन्दै केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएपछि बुधबारको संसद् बैठकमा उनको कडा विरोध भएको थियो । उनको अभिव्यक्तिकै कारण बुधबार एमाले लगायतका दलले विरोध जनाएपछि संसद् अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस