काठमाडौँ । नेकपा एमालेले गुरू बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको छ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको हो।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कम्बोडिया जाने भएका छन्। साउन २ गते देखि ६ गतेसम्मको भ्रमण गर्न लागेका हुन्।
निर्वाचन पर्यवेक्षण सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्। सचिवालय बैठकले ६ वटा प्रस्ताव पारित गरेको छ।