६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय समिति बैठक सुरू, फेसबुक पेजमा प्रत्यक्ष प्रशारण

अ+ अ-

काठमाडौँ । एक वर्षपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमा लाइभ (प्रत्यक्ष प्रशारण) गरिएको छ।

काँग्रेसले पहिलो पटक बैठकको प्रत्यक्ष प्रशारण गरेको हो। बैठकमा १० वटा एजेन्डा तय गरिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पहिलो एजेन्डाका रुपमा समसामयिक राजनीतिक विषय रहनेछ । यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ।

त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत एजेन्डाका रुपमा प्रस्तुत हुनेछ । कार्यसम्पादन समितिले गरेका निर्णयहरूको अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने महामन्त्री शर्माले बताए।

त्यस्तै केन्द्रीय कार्यसमिति बैठकमा विभागहरू गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रव्यापी अभियानको खाका प्रस्तुत हुनेछ । अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ ।

पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनेछन्। उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधि सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यसूची तय भएको छ।

बैठक एक सातासम्म चल्न सक्ने बताइएको छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।

पछिल्लो पटक २०७९ साल असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो । त्यसयता बैठक बस्न नसक्दा काँग्रेसले मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावको समीक्षा पनि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस