काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले, काँग्रेस नयाँ घर्विकरणको चरणमा प्रवेश गर्न लागेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा डाक्टर शशाङ्क कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपाली काँग्रेस भित्र विभिन्न विचार राख्नेहरूको समूह रहेको भन्दै हाल काँग्रेसमा देखिएको फेरबदल स्वभाविक भएको उल्लेख गरे । त्यस्तै उनले काँग्रेस नयाँ धु्रविकरणको चरणमा प्रवेश गर्ने बताए ।
उनले भने, ‘काँग्रेसभित्र विभिन्न विचार समूहहरू छन् । अव त्यसलाई विचार समूह भन्ने ओ वा नेताको समूह भन्ने हो, जे भए पनि अनेक समूहहरू छन् । अहिले नै ती समूहहरूमा धेरै फेरवलद भएको मैले अनुभूति गरेको छैन । तथापि मैले के भन्ने गरेको छु भने काँग्रेस अव नयाँ धु्रविकरणको चरणमा पनि प्रवेश गर्दै छ ।’
लेखकले काँग्रेसमा देखिएको फेरवदललाई स्वभाविक प्रक्रिया मानेका छन् । त्यस्तै, उनले काँग्रेसको लामो समयपछि बसेको बैठक सकारात्मक भएको र अनअपेक्षालाई समेटेर काँग्रेसले आगामी दिनमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।