काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको उनले बताए।