काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल भएको छ । तर, बैठकले अन्तिम टुङ्गो लगाउन सकेन ।
भोलि (बुधबार) बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णय अन्तिम निष्कर्ष निकाल्ने एक नेताले जानकारी दिए ।
बुधबार अपराह्न ४ बजे बस्ने बैठकमा निर्णय प्रस्तुत गरिने छ ।
पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा मङ्गलवार साँझ पदाधिकारीको बैठक बसेको थियो ।