२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले विभाग र जनवर्गीय सङ्गठन घटाउने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट पार्टीका विभाग र जनवर्गीय सङ्गठनको संख्या घटाउने गरी छलफल अघि बढाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकमा नेताहरूले पार्टीलाई विधि र विधानसम्मत बनाएर चलाउनुपर्ने, नेताहरूको कार्यविभाजन टुङ्गो लगाउनुपर्ने, विभागहरू घटाएर कामकाजी बनाउनुपर्ने तथा जनवर्गीय सङ्गठनको संख्या पनि घटाएर चुस्त प्रकारका सङ्गठन बनाउनु पर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । 

आगामी १७ असारका लागि तोकिएको पार्टी केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न बसेको उपलब्ध पदाधिकारीहरूको बैठकले बुधबार कुनै एजेन्डा तय नगरे पनि प्रारम्भिक छलफल गरेको ती नेताले बताए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुक बाहिर रहेकाले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो ।

बैठकमा सहभागी पदाधिकारीहरूले पार्टीलाई विधान र विधिसम्मत चलाउनुपर्ने तथा पार्टीलाई उत्पादनमा जोड्नुपर्ने सुझाव दिएका छन् । साथै, आगामी केन्द्रीय समिति बैठक कसरी प्रभावकारी र फलदायी बनाउने भन्ने विषयमा समेत पदाधिकारीहरू धारणा राखेका छन् ।