२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

अ+ अ-

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।

सडकको दुवैतर्फ पैदल मार्ग निर्माण गर्ने र सो पैदल मार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुने गरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।

उनका अनुसार वडा नं ३ को गट्ठाघरचोकदेखि वडा नं २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ । थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपाङ्ग मैत्री बनाउने कार्य भइरहेको छ ।

यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।

नगरपालिकाले सडकको मापदण्डअनुसार सिमाङ्कन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । “हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदल यात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुने गरी सडक निर्माण भइरहेको छ”, उनले भने

सडकमा अपाङ्गमैत्री पैदल मार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ । सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदै गरेकी रिता श्रेष्ठले पैदल मार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाइएको बताए । “बालबालिकालाई विद्यालय पुर्‍यउिन र विद्यालयबाट फर्किंदा सधैँ यही बाटोबाट पैदल हिँड्नुपर्छ । पैदल मार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो । अब सजिलो भएको छ”, उनले भने ।