काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए ।
मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताए ।