काठमाडौँ । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता चुक्ता गरेको छ ।
प्राधिकरणका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२ हजार ११२ रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटेको छ । यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडान रोकेको थियो ।
प्राधिकरणले दिएको समय अगाडि नै उडान रोकेर अधिकारको दुरुपयोग गरेको आरोप सिम्रिकले लगाएको थियो ।