२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मत्स्यनारायण मेला आजबाट सकिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा साउन महिनाभरि लागेको ‘मत्स्यनारायण मेला’ आज सकिँदै छ । तर, झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते हुने छ ।

बुधबारबाटै मलमास पनि सकिन्छ । मेला अवधिभर धेरै भक्तजनले मत्स्यनारायण मन्दिरमा पूजा आराधना र दर्शन गरेका छन् ।

दिन आज पनि मन्दिरमा बिहानैबाट दर्शनार्थी भक्तजनको भीड लागेको छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन ।

तर,मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमिटर मात्रै दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। पृथ्वीको सुरुवात सँगै विष्णु/नारायणले सोही स्थानमा रहेको कुण्डमा मत्स्य रूप धारणपछि दिव्यस्वरुपको दर्शन दिएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ ।

मत्स्यनारायणलाई गच्छेनारायण पनि भनिने प्रचलन रहेको पाइन्छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि हजारौँको संख्यामा भक्तजनहरू मत्स्यनारायण मन्दिरमा नारायणको पूजा आराधना र दर्शन गर्न पुगेका छन् ।

मत्स्यनारायण मन्दिरमा सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मेलामा गई दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।