२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृत भाषा पढ्दै निजामती कर्मचारी

अ+ अ-

पर्वत । पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । विसं २०५६/५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन् ।

पछिल्लो समय हरेक क्षेत्रमा संस्कृत भाषाको प्रयोग र महत्त्व बढ्दै जानुका साथै विभिन्न धार्मिक ग्रन्थ, लिपि र ऐतिहासिक दस्तावेजको अध्ययन गर्न टेवा पुग्ने भएकाले संस्कृत भाषा कक्षा सञ्चालन गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी नेत्र पौडेलले जानकारी दिए ।

संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा रहेको भन्दै उनले वेदमा बोलिने वैदिक र लौकिक भाषालाई जगेर्ना गर्दै व्यवहारिक ज्ञान रूपान्तरण गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताए ।

सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा गत मङ्गलवारदेखि साँझ ५ : १५ बजेदेखि एक घण्टा संस्कृत कक्षा सञ्चालन गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार संस्कृत भाषा पढ्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको नेतृत्वमा जिल्ला समन्वय अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललगायत जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नगरपालिका तथा गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको छ ।

कर्मचारीलाई पढाउन सुदर्शन प्रपन्नाचार्य खटिएका छन् । प्रपन्नाचार्यका अनुसार न्यूनतम एक महिनाको सिकाइले संस्कृत भाषा अध्ययन गर्न, बोल्न र दोहोरो संवाद गर्न सक्ने हुनुहुनेछ । दुईदेखि तीन महिनासम्मको कक्षा लिएपछि धार्मिक कर्मकाण्डसमेत गर्न/गराउन सकिने उनको भनाइ थियो ।

प्रपन्नाचार्यले संस्कृत भाषाको जगेर्ना गर्ने र आम जनमानससम्म यसको महत्त्व पुर्‍याउनका लागि निजामती कर्मचारीले थालेको अभियान प्रशंसायोग्य रहेको बताए । यो भाषा जुनसुकै उमेर समूह, धर्म सम्प्रदायका लागि उत्तिकै महत्त्वपूर्ण रहेकाले सबैले अनिवार्य सिक्न जरुरी रहेको उनको भनाइ थियो ।

“धार्मिक अनुष्ठानमा ब्राम्हणहरुले मात्र प्रयोग गर्ने संस्कृत भाषा नयाँ पुस्ताका युवायुवतीका लागि इतिहास बनिसकेको छ”, प्रजिअ आचार्यले भने, “हरेक नागरिकका लागि संस्कृत भाषा जान्नु आवश्यक देखिएकाले कार्यालयपछिको समयलाई व्यवस्थापन गरेर संस्कृत भाषा कक्षा सञ्चालन गरिएको हो ।”

पूर्वीय दर्शनको अध्यायन र नैतिक शिक्षाका साथै नेपाली व्याकरणमा शुद्धीकरण गर्नका लागि संस्कृति भाषाको कक्षा सञ्चालन गरेर सिक्न थालिएको आचार्यले बताए । यो शिक्षा केवल कर्मचारीका लागि मात्र नभई समाजका अगुवा व्यक्तिका लागि पनि भएकाले उद्योगी, व्यवसायी, सङ्घ संस्था, पत्रकार, कानुन व्यवसायीलगायत सबै सहभागी भएर सिक्न सकिने प्रजिअ उनले बताए ।