काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको काँग्रेस-माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन्।
आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको भेलामा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे।
निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ। बीचमा केही गडबड भयो। फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भने “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ।”