२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसको लुना-२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

अ+ अ-

काठमाडौँ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो ।

स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना-२५ को सम्पर्क टुटेको थियो । ‘अकल्पनीय कक्षमा यान पुग्यो चन्द्रमाको सतहमा पुगेर दुर्घटनाग्रस्त भयो, ’रस्मोकसले भनेको छ ।

दक्षिणी ध्रुवमा भारतभन्दा पहिला पुग्ने रुसको यो होड असफल भएको छ । भारतले आफ्नो चन्द्रयान-३ यसै साता चन्द्रामाको सतहमा अवतरण गराउँदै छ ।

हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।

गत अगस्ट १० मा प्रक्षेपण गरिएको लुना-२५ चन्द्रमाको कक्षमा ६ दिनपछि पुगेको थियो । लुना-२५ को ल्यान्डरले विभिन्न ८ किसिमका वैज्ञानिक उपकरणहरू पनि साथै लगेको थियो ।

तत्कालीन सोभियत युनियनले लुना-२४ मिसन सन् १९७६ मा प्रक्षेपण गरेको थियो । उक्त मिसन सोभियत युनियनको चन्द्रामाबाट माटो ल्याउने तेस्रो मिसन थियो । लुना-१६ र लुना-२० ले चन्द्रामाबाट माटो ल्याएका थिए । लुना २४ ले चन्द्रमाबाट १७० ग्राम स्याम्पल कलेक्सन गरेर ल्याएको थियो ।