७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वनियमनले हुँदैन, डिजिटल हिंसा रोक्न कानुन नै चाहिन्छ : करिष्मा मानन्धर

अ+ अ-

काठमाडौँ । कलाकार करिष्मा मानन्धरले सामाजिक सञ्जाल र मिडियाबाट डिजिटल रूपमा गरिने हिंसा रोक्न स्वनियमन मात्र पर्याप्त नहुने भएकाले कानुन बनाएर नै नियमन गर्नुपर्ने बताएकी छिन् । 

बिहीबार ललितपुरमा आयोजित ‘डिजिटल हिंसा सम्बोधन गर्न, आवश्यक नीति, चुनौती र समाधानहरू’ विषयक अन्तरक्रियामा उनले आफू सामाजिक सञ्जाल र मिडियाकर्मीबाटै हिंसामा परेको बताइन् । 

सामाजिक सञ्जाललाई आजको परिवेशमा महत्त्वपूर्ण साधनको रूपमा प्रयोग गरिने भएकाले आफूले पनि विवेकपूर्ण रूपमा चलाउँदै आएको उल्लेख गर्दै अभिनेत्री मानन्धरले नियतवस आफूमाथि मिडिया र सोसल मिडियामा प्रहार-हिंसा भएको अनुभव सुनाइन् । 

‘सामाजिक सञ्जाल चलाउने क्रममा हामी दिनदिनै सचेत हुँदै गइरहेका छौँ । त्यो हुँदाहुँदै पनि अरुद्वारा तपाइँलाई हिंसा हुन्छ, किनभने तपाइँलाई अरुको दिमागमा के चलिरहेको छ र कुन इन्टेन्सनले तपाइँलाई प्रहार गरिरहेको छ थाहा हुँदैन । त्यही सिलसिलामा म एक पकट प्रेस काउन्सिलमा पनि पुगेकी छु । मिडियाले यस्तो प्रकारको पोट्रेट गरिदिन्छ कि तिमी त भिलेन हौ ?’ उनले थपिन, ‘आपत्ति हुन्छ नि आखिर मान्छे हो, मान्छेको मानसिकता कस्तो भएर जान्छ, त्यसमाथि हाम्रो दैनिक रुटिन त छँदै छ । काम घरपरिवार बाहेक यो चिजलाई (हिंसा) पनि सहनु परिरहेको छ ।’

आफू सामाजिक सञ्जालमा मिडियाकर्मीबाटै डिजिटल हिंसामा परेको र त्यसको कानूनी उपचारमा जाँदा सहज रूपमा नपाएको अनुभव सुनाउँदै कलाकार मानन्धरले भनिन्, ‘कोही पनि आइदिन्छ, अनि भन्दिन्छ कि तिम्रो जीवनमा केके भएको थियो,  केके भएको थिएन ? ठिक छ वाक स्वतन्त्रता छ, भन्न र आफ्नो धारणा राख्न पाइयो तर, तपाईँको चरित्र के हो, स्टोरी नै बनाएर त भन्दिन भएन नि ।’  

कार्यक्रममा सामाजिक सञ्जाल तथा मिडियाको नाममा सञ्चारकर्मीले गर्ने वैयक्तिक अधिकारको हननलाई समेत सम्बोधन गर्नेगरी कानुन ल्याउन जरुरी भएको धारणा उनले राखिन् ।

पत्रकारिताको नाममा आफ्नो वैयक्तिक विषयलाई अनावश्यक रूपमा नचाहिँदो लेखेर हिंसा गरेको भन्दै त्यसको नियमन गर्नुपर्नेमा उनले जोड दिइन् । कलाकार मानन्धरले भनिन्, ‘यस्तो प्रवृत्तिलाई नियमन गर्नै पर्छ । पत्रकार भनेको चौथो अङ्ग हो, उहाँहरूले समाजलाई संस्कार सिकाउने, बाटो देखाउने हो, सही र गलतको सूचना सम्प्रेषण गर्ने हो । उहाँहरू सत्य तत्थ्यको दूत जस्तो भएर हिड्नुपर्ने ठाउँमा उहाँहरूबाटै मैले हिंसा भोगे ।’ 

आफूले न्यायका लागि सम्बन्धित निकायमा पुग्दा निकै असहज परिस्थितिको सामना गरेको अनुभव सुनाउँदै अभिनेत्री मानन्धरले हिंसा पीडितका लागि सहज रूपमा कानुनी उपचार गर्न सकिने गरी आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकोकारवालाको ध्यानाकर्षण पनि गराइन् । 

प्रतिक्रिया दिनुहोस