९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय सरकारविरुद्ध रिट निवेदन दर्ता गर्ने बागमती प्रदेशको निर्णय

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले संघीय संसद कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको छ।

बुधबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन पारित भई आएको र प्रदेशको अधिकार सङ्कुचन भएको भन्दै संवैधानिक अधिकार खोज्न संघीय संसद कार्यालयविरुद्ध रिट दर्ता गर्ने निर्णय भएको हो।

मन्त्रिपरिषद् निर्णयमा भनिएको छ, ‘नेपालको संविधान अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारीसाधन कर र यातायात र प्रदेश लोकमार्ग उल्लेखित छ। प्रदेशको उल्लेखित एकल अधिकारमा सङ्कुचन आउने गरी संघीय संसदबाट सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ पारित भई मिति २०७९–६र–९ मा नेपाल राजपत्रमा प्रकाशित भएको छ। उक्त ऐनको दफा १२ को उपदफा (१) मा दफा ३ मा जुनसुकै कुरा लेखिएको भए पनि संघीय राजधानी सहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न संघीय सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिनेछ भन्ने व्यवस्था रहेकाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेपालको संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित बागमती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने।’

त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा कालिञ्चोक गाउँपालिकाका डा. प्रदीप कुमार मैनालीलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ।

मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख, संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जलीसहित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस