२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। असोज ४ गतेदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो।

आइतबार ३३ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। केन्द्रीय समितिमा बोल्ने अधिकांश सदस्यहरूले धर्म निरपेक्षतादेखि सङ्घीयताको औचित्यसम्म प्रश्न उठाएका छन्।

प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने र दलित तथा जनजातिलगायतको सहभागिता पनि प्रत्यक्षमै हुनुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ छ।

आइतबारको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सङ्घले कानुन नबनाउँदा सङ्घीयतामाथि नै प्रश्न उठेको बताए।

प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्तिको अधिकार तत्काल चाहिने उनको माग छ। कर्णाली प्रदेश सभा सदस्य समेत रहेकी जानकी सिंहले प्रदेशलाई अधिकार दिइनुपर्ने अन्यथा प्रदेश खारेज गर्नुपर्ने बताइन्।

प्रदीप पौडेलले काङ्ग्रेसकै मन्त्रीको कार्य प्रगति सन्तोषजनक नभएको बताए। अर्का केन्द्रीय सदस्य शङ्कर भण्डारीले नेपाली शब्द कोषबाट ॐ शब्द हटाउन लागिएको भन्दै आपत्ति जनाए।

केन्द्रीय सदस्य सरस्वती बजिमयले सरकारले काँग्रेसका नेतालाई छानीछानी भ्रष्टाचारी करार गर्न खोजेको आरोप लगाइन्। युवालाई रोजगारीको अवसर सिर्जना गर्न र युवा मतदातालाई पार्टीमा आकर्षित गर्ने नीति अवलम्बन गर्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ छ।

बैठकको पहिलो दिन महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू पेश गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासङ्घसँग भएका संवादहरू बारे जानकारी गराएका थिए।

त्यस्तै, सोही दिन सातै प्रदेशका प्रदेश सभापति सहित ११ जनाले आफ्नो धारणा राखेका थिए।