२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न समुदायमा सामाजिक रूपान्तरणको आवश्यकता छ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरूको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएका छन् । सो पार्टीको सचिवालयले जनाएको छ ।

उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रूपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सभामा पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले रोजगारी, सुशासन र समृद्धिको नारासहित सुरु भएको अभियानको औचित्यबारे स्पष्ट पारे । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै जाति समुदायको एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठले देशमा गाउँसम्म वैज्ञानिक समाजवादको जागरण फैलाउनुपर्ने बताए । अभियान अन्तर्गत काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा गरिएको थियो ।

पार्टीका शीर्षनेताहरुले सम्बोधन गरेको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन र अन्तरक्रियासमेत गरिएको थियो । अभियान यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने छ ।