तेल अभिभ । गाजा पट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्नेको सङ्ख्या चार पुगेको छ ।
टाइम्स अफ इजरायलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् ।
कुसेफीका मेयर अब्द अल-अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।
दक्षिणी इजरायलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।
समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।