२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले धान बालीमा क्षति

अ+ अ-

काठमाडौँ । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धान बालीमा क्षति पुर्‍याएको छ। पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन्।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए।

‘अहिले नै पानीले त्यति ठूलो क्षति पुर्‍याएको छैन’, उनले भने, ‘अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ।’ उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए। यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ। पूर्वी चितवनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन्।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए।

‘मैले दुई बिघामा धान लगाएको हो। त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ’, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उनले भने, ‘धान रोप्न गरेको लगानी पनि खेर गयो।’

खेत रोप्न रु २५ हजार लागेको उनले बताए। लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ। शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कट्ठामा धान रोपेकी थिइन्। केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताइन्।

‘मेरो खेत नै यति मात्रै। उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो’, उनले भनिन्, ‘मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु।’

काट्न १० जना खेताला लागेको उनले बताइन्। समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन्।

‘छ-सातवटा बालबालिका छन्। अरू कमाइ छैन। यही खेती गरेर खाने हो’, शरणपुरकी शिला लामिछानेले भनिन्, ‘वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो।’

चितवनमा २७ हजार हेक्टर हाराहारीमा धान खेती गरिँदै आइएको छ।