८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सत्ता गठबन्धनभित्र उक्त विधेयकमा छलफल गरेर संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले सो विधेयकमाथि संशोधन राख्ने समयावधिभित्र सबै सांसदले आआफ्नो ठाउँबाट पनि संशोधन प्रस्ताव दर्ता गर्न पाउने निर्णय गरेको पार्टीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । उक्त विधेयकमाथि संसदीय समितिमा दफावार छलफलका क्रममा सक्रिय भूमिका निर्वाह गरिने बैठकको निर्णय छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै साँझ बोलाएको सर्वदलीय बैठकमा पनि उक्त विधेयकमाथि संशोधनबारे छलफल हुने उनको भनाइ थियो ।सर्वदलीय बैठकमा प्रतिनिधिसभामा रहेको सबै दलका प्रमुख सचेतकलाई पनि आमन्त्रण गरिएको छ ।

“सर्वदलीय बैठकको निचोडका आधारमा सत्ता गठबन्धनसँग पनि छलफल गरेर संशोधन राखिने निर्णय भएको छ, संशोधनका लागि सीमित समय तोकिएको छ, सांसदहरुले पनि आआफ्नो ठाउँबाट संशोधन दर्ता गर्ने बैठकको निष्कर्ष छ”, मुख्य सचेतक पाण्डेले भने ।

बैठकमा संयुक्त राष्ट्र सङका महासचिव एन्टेनियो गुटरेसको आसन्न नेपाल भ्रमण, संसद्मा सम्बोधनलगायत विषयमा पनि छलफल भएको थियो । महासचिव गुटरेसले यही असोज २७ गते शनिबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

दलको बैठकले संसद्को दोस्रो अधिवेशनको अन्त्य पछि नेता तथा सांसदहरु आआफ्नो कार्यक्षेत्रमा फर्केर जनतासँग अन्तरक्रिया गर्ने, सरकारका कामबारे जनतालाई सुसूचित गर्ने तथा जनताको प्रतिक्रिया लिएर सदन तथा सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैठकले इजरायलमा भएको आक्रमणबाट निधन भएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । बैठकले घाइतेको उपचार, मृतकको शव नेपाल ल्याउन तथा त्यहाँ रहेका नागरिकको उद्धार एवं स्वदेश फिर्तीका सम्बन्धमा छिटो पहल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस