२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि यहाँको शान्ति सुरक्षामा देखिएको चुनौती सामना गर्ने ध्येयले रणनीतिक योजनासहितको अभियान तयारीका लागि सुझाव सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुरक्षित कर्णाली विशेष अभियानको प्रारम्भका बेला प्रहरीले एक लाख ८४ हजार नागरिकको घरमा स्टिकर टाँसेको थियो । अब भने ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ सुरु गर्न लागेको हो । यो अभियानको यही असोज २५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले औपचारिकरूपमा उद्घाटन गरी अगाडि बढाउने कार्यक्रम तय भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।