२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा जाँदै छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिए। “विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ”, प्रवक्ता क्षेत्रीले भने ।

भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ । साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् ।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ । विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणका क्रममा प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाको निर्माणलाई तीव्रता दिने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डाको सूचीमा रहेको बुझिएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुनेछ । दुई देशबीच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ ।

प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । सो अवसरमा उनले प्रधानमन्त्री शाह र केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन् ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन पहिलो पटक विदेश भ्रमण गरेका थिए ।

त्यस्तै उनको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ ।

0 Comments