२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ वटा चार्टर्ड उडानबाट नेपाल आउँदै भियतनामका पर्यटक

अ+ अ-

काठमाडौँ । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् ।

तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ ।

कम्पनीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएका हुन् ।

आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् ।

यी पर्यटकले काठमाडौँ, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने कम्पनीले जनाएको छ ।

यो टोलीमा खर्चालु पर्यटकको ठूलो संख्या रहेको र यसले नेपाललाई खर्चालु पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ ।

भियतनाममा करिब १५ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बी छन् । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योग अभ्यासका लागि थप समय बस्ने समेत कम्पनीले जनाएको छ ।

नेपाल-भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने कम्पनीले जनाएको छ ।

उडानका क्रममा एकतर्फी खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउने प्रयास भइरहेको समेत रुप्से होलिडेजले जनाएको छ ।

नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले एक लाख २० हजार रुपैंयाको विशेष टुर प्याकेज समेत सार्वजनिक गरेको छ ।

यो प्याकेजमा चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तव्यको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित छ ।

तीन वटै चार्टर्ड उडानबाट उल्लेख्य संख्यामा नेपाली पर्यटकले भियतनाम भ्रमण गर्ने कम्पनीको छ ।