९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : इंग्ल्यान्डमाथि अफगानिस्तानको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको छ। आइतबार दिल्लीमा अफगानिस्तानले साविक विजेतालाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो। 

अफगानिस्ताने २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ४०.३ ओभरमा २१५ रनमा अलआउट गर्दै जित निकालेको हो। 

जारी विश्वकपमा तीन खेलमा इंग्ल्यान्डको यो दोस्रो हार हो। अघिल्ला दुई खेलमा पराजित भएको अफगानिस्तानको भने पहिलो जित हो।

आइतबार दिल्लीमा इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान डविड मलानले ३२ रन जोड्दा अर्का ओपनर जोनी बारयस्टो २ रनमै आउट भएका थिए।

जोए रुट ११ रन र कप्तान जोस बटलर ९ रनमै आउट हुँदा इंग्ल्यान्डले १८ ओभर चल्दा ४ विकेट गुमाउँदा ९१ रन जोडेको थियो। 

ह्यारी ब्रुकले ६६ रन जोड्दा इंग्ल्यान्डको आसा जागेको थियो। तर उनी नवीन उलहकबाट बोल्ड भए।

यस्तै लियाम लिभिङस्टोन र साम करन १०/१० रनमा आउट हुँद क्रिस ओएक्सले ९ रन र अदिल रसिदले २० रन भन्दा बढी जोड्न सकेन्। मार्क उड पनि १९ रनमा रासिद खानबाट बोल्ड भएपछि इंग्ल्यान्डले हार टार्न सकेन। 

बलिङमा अफगानिस्तानका रासिद खानले ३ विकेट लिँदा नाबीले २ विकेट हात पारे।

त्यसअघि इंग्ल्यान्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान एक बल खेल्न बाँकी छदा २८४ रनमा अलआउट भयो।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरवाजले ८० रन जोडे। उनले ५७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर इब्राहिम जर्द्रानले २८ रनको योगदान गरेका थिए। 

इक्रम अलिखिलको ५८ रन अफगानिस्तानका लागि महत्वपूर्ण सावित भयो। उनले ६६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ र मार्क उडले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस