२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमबहादुर अधिकारी सेनापति बन्ने सम्भावना छैन : रक्षामन्त्री खड्का

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यमबहादुर अधिकारीलाई प्रधानसेनापति बन्ने सम्भावना नरहेको बताएका छन् ।

माओवादी लडाकु समायोजनबाट सेनामा आएका अधिकारी अतिरिक्त सहायक रथी छन् । २०७६ मा अतिरिक्त सहायक रथी बनेका उनको चार वर्ष कार्यकाल सकिएपछि हालै मात्र सरकारले ३ वर्ष थप्ने निर्णय गरेको थियो ।

यससँगै अधिकारीलाई प्रधानसेनापति बनाउन खोजेको त होइन भन्ने प्रश्न उठेको छ । सेनाका पूर्व अधिकृतहरूले समेत वक्तव्य निकालेर विरोध जनाएका थिए ।

रक्षामन्त्री खड्काले भने अतिरिक्त सहायक रथीको पद पदावधि ७ वर्ष हुने उमेर अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक ऐनमै रहेको बताए । सेनाको बोर्डले सम्बन्धित अधिकृतको मूल्याङ्कन गरेर बढुवाका लागि सिफारिस गर्ने र त्यो प्रधानसेनामार्फत रक्षा मन्त्रालयमा आएपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रक्रिया छ ।

त्यसअनुसार नै अधिकारीको पदावधि थप भएको भन्दै रक्षामन्त्री खड्काले सोमबार एक कार्यक्रममा भने, ‘सेनाको नियमावलीमा चलाएर अधिकारीलाई प्रधानसेनापति बनाइँदैछ भने सबै मिथ्या कुरा हुन् ।’

सेनापति हुन निश्चित तालिमहरू प्राप्त गरेको हुनुपर्ने लगायतका निश्चित मापदण्ड रहेको भन्दै उनले अघि भने, ‘त्यसभन्दा दायाँ-वायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना गर्न सकिँदैन । त्यसैले यमबहादुर अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको सबै कुरा गलत हो ।’

अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । अधिकारीको पदावधि थप्ने सरकारको निर्णय विवादित बनेपछि नेपाली सेनाले उनलाई जिम्मेवारीविहीन बनाएको छ ।