७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिर्सिया नदीमा प्रदूषण नरोके कारबाही गर्ने वीरगञ्ज महानगरको चेतावनी

अ+ अ-

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले तिहार तथा छठ पर्व अगाडि नै सिर्सिया नदी प्रदूषण नरोकिए उद्योगीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

सोमबार वीरगञ्ज महानगरपालिकामा उद्योगी व्यवसायी, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चेतावनी दिएपछि उद्योगीहरू पनि प्रदूषण नियन्त्रणका लागि आवश्यक काम गर्न तयार भएको बताएका छन् । 

यसअघि आजै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदूषण गर्ने ६ उद्योगको अनुगमन गरिएको थियो। 

अनुगमनपछि बसेको बैठकमा श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका सञ्चालकहरूलाई बोलाइएको थियो। बैठकमा उद्योगीहरूले आफूहरूको उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताएका थिए।

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरूले नदी प्रदूषण गर्न नछाडेपछि मेयर सिंह आफैँ अनुगमनमा पुगेर प्रदूषण गर्ने उद्योगका सञ्चालकहरूलाई बोलाएर नदी प्रदूषण रोक्न निर्देशन दिएका हुन्। 

बैठकले वीरगन्ज महानगरभित्र सञ्चालित हरेक उद्योगले ६/६ महिनामा स्व. अनुगमन मूल्याङ्कन प्रतिवेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ।  

प्रतिक्रिया दिनुहोस