२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार गैरआवासीय नेपाली सङ्घसँग थप सहकार्य चाहन्छ : परराष्ट्रमन्त्री साउद

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताएका छन्।

मङ्गलवारबाट काठमाडौंमा शुरु भएको सङ्घको ११ औँ विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभर फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकमा लबिङ गर्न र सहयोगी हातहरू विस्तार गर्न एनआरएनएले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले त्यससँगको सहकार्यलाई थप प्रभावकारी बनाउन सरकारले सबै प्रयत्न गर्ने स्पष्ट पारे।

मन्त्री साउदले गैरआवासीय नेपालीहरूलाई सरकारले अवैतनिक राजदूतको रूपमा ग्रहण गरेको समेत बताए। नेपालको राजनीतिमा पनि महत्त्वपूर्ण एजेण्डा बन्न सकेको भन्दै एनआएएनएको प्रशंसा पनि उनले गरे। मन्त्री साउदले नेपाल राष्ट्रको विकास र समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।

उनले भने, ‘यो सङ्घबाट नेपाली जनताले धेरै अपेक्षा गरेका छन्। तपाईँहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासमा थप ऊर्जा बन्नेछ भन्ने अपेक्षा बढ्दै गएको छ। ​गैरआवासीय नेपालीहरूसँगको हातेमालो नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण हुने देखिएको छ। नेपालको संविधान २०७२ ले आर्थिक, समाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। यसै सन्दर्भमा आजै सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले पहिलो चोटि गैरआवासीय नेपालीहरूलाई नागरिकता प्रदान गरेको कार्यक्रममा सहभागी भई भर्खरै म यहाँ फर्केको छु।’

मन्त्री साउदले गैरआवासीय नेपालीलाई नागरिकता दिने कामको सुरुवात भएको उल्लेख गर्दै त्यसलाई सहजीकरण गर्न पनि सरकार कटिबद्ध रहेको बताए।