काठमाडौँ । मंगलबार साँझ अस्पताल भर्ना गरिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले जानकारी दिएका छन्।
छातीमा असहज भएपछि मंगलबार साँझ उनलाई राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको थियो।
दिउँसोदेखि नै असहज महसुस गरेका प्रधानमन्त्री दाहाललाई साँझ अस्पताल भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको थियो।
नर्भिक अस्पतालका अनुसार उनको स्वास्थ्य परीक्षणका रिपोर्टहरू नर्मल रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको छ।
बाँकी केही परीक्षण गरेर प्रधानमन्त्री दाहाललाई मंगलबार रातिसम्मै डिस्चार्ज गर्ने तयारी गरिएको चिकित्सकले बताएका छन्।







