२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरको राजदेवी मन्दिरमा दसैँको रौनक

अ+ अ-

काठमाडौँ। धार्मिक नगरी जनकपुरधाममा दसैँको रौनक छाएको छ । बजारमा चहल-पहल बढेको छ । हरेक वर्ष जस्तै यहाँको प्रसिद्ध राजदेवी मन्दिर श्रद्धालुका लागि आकर्षण केन्द्र बनेको छ ।

राजदेवी मन्दिरलाई महावीर युवा कमिटीले झकिझकाउ पारेको छ । मन्दिर र सो क्षेत्रको आकर्षक सजावटमै लाखौँ खर्च गरिएको छ । मन्दिरमा साँझ बिहान पूजापाठ गर्ने श्रद्धालुसँगै हजारौँ सर्वसाधारणको भीड लाग्छ ।

यहाँ श्रद्धालु पूजापाठसँगै मोबाइलमा सेल्फी लिन व्यस्त देखिन्छन् । साँझको समयमा अत्यधिक भिड हुन्छ, त्यसबीच टिकटक बनाउनेहरूको तँछाडमछाड उस्तै । टाढाटाढाबाट समेत श्रद्धालु आएका छन् ।

दसैँभर हरेक साँझ ‘राजदेवी’ माताको विशेष आरती हुन्छ । ‘राजदेवी’ त्रेतायुगका मिथिलाका राजा जनकको कूलदेवी रहेको मानिन्छ । त्यसैले आरती र सांस्कृतिक कार्यक्रममा पनि श्रद्धालुको भिड देख्न सकिन्छ । भगवती राजदेवीको निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।

जनकपुरको दसैँ तराई मधेशका अन्य ठाउँभन्दा विशेष मानिन्छ । दसैँको आज सातो दिन फूलपाती । भोली महाष्टमी पूजाको दिन जनकपुरमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने महावीर युवा कमिटीले जानकारी दिएको छ ।

जनकपुरमा विजया दशमीको दिन हुने रावण वध र लङ्का दहन कार्यक्रम अर्को मुख्य आकर्षण हो । यसवर्ष पनि यो कार्यक्रम राखिएको छ । ५२ फिटको अग्लो रावणको प्रतिमामा तीरले हानेर वध गर्दा जनकपुरभर खुशीको माहोल हुन्छ ।

त्रेतायूगमा दशमीकै दिन भगवान् रामले असुरी प्रवृत्तिको रावणलाई वध गरी धर्मको स्थापना गरेको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । सोही आधारमा सीता माताको जन्मस्थल अर्थात् भगवान् रामको ससुराली जनकपुरमा रावण वध र लङ्का दहन कार्यक्रम आयोजना गरिन्छ ‌।