काठमाडौँ । गैर आवासीय नेपाली संघमा नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले पदभार ग्रहण गरेका छन् । आज बालुवाटारस्थित केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्याशी अन्य तीन उम्मेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।