प्रमुख निर्वाचन आयुक्त कार्कीले सम्हाले पदभार
काठमाडौँ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्। पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले निर्वाचन आयोग पुगेर औपचारिक रूपमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका हुन्।