२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानीमा ३६ जनाको मृत्यु भएपछि कजाकस्तान शोकमा

अ+ अ-

कारागान्दा । आर्सेलरमित्तलको एक खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु भएपछि कजाकस्तानमा आइतबार राष्ट्रव्यापी शोक दिवसको घोषणा गरिएको छ ।

केही वर्षमा भएको यो सबैभन्दा ठूलो विपत्ति भएको बताइएको छ । आपत्कालीन मन्त्रालयले स्थानीय समयअनुसार बिहान ११ बजे भनेको छ, “खानीमा ३६ जनाको शव पाइएको छ र अन्य १० कामदारको अहिले पनि खोजी भइरहेको छ ।”

खानीमा भेन्टिलेसनको कमी र शनिबार भएको विस्फोटको शक्तिका कारण राति हुनुभन्दा अघि नै उद्धारकर्मीहरूले उनीहरूलाई जीवितै पाउने सम्भावना ‘अत्यन्त कम’ रहेको चेतावनी दिएका थिए ।

विस्फोटको आवाज दुई किलोमिटरसम्म फैलिएको थियो । कजाक राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले शनिबार घटनास्थल पुगेर आर्सेलरमित्तलसँगको सहयोग ‘अन्त्य गर्ने’ आदेश दिए ।

कारागान्दा खानीमा पीडितहरूका आफन्तसँग कुराकानी गर्दै उनले भने, “आर्सेलरमित्तल सरकारसँग सहयोगका मामिलामा कजाकस्तानको इतिहासमा सबैभन्दा खराब उद्यम हो ।”

प्रधानमन्त्री अलिखान स्माइलोभले भने, “कजाक सरकार र स्टिल कम्पनी आर्सेलरमित्तलले कजाकस्तान गणतन्त्रको पक्षमा कम्पनीको स्वामित्व हस्तान्तरण गर्नका लागि एउटा प्रारम्भिक सम्झौताको घोषणा गरेका छन् ।”

आर्सेलरमित्तलले भनेको छ, “दुई पक्षले कजाकस्तान गणतन्त्रमा स्वामित्व हस्तान्तरण गर्ने लेनदेनका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको आर्सेलरमित्तल पुष्टि गर्दछ, यो लेनदेनलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिन कम्पनी प्रतिबद्ध छ ।” राष्ट्रपति तोकायेभले राष्ट्रिय शोकको घोषणा गरेपछि आइतबार राष्ट्रिय झन्डा आधा झुकाइएको थियो ।

सन् १९९१ मा सोभियत सङ्घको पतनपछि कजाकस्तानमा करिब दुई सय जनाको मृत्यु भएको छ । अधिकांश मृत्युका घटना आर्सेलरमित्तलका खानीमा भएका छन् ।