९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको थप परियोजनामा एडीबीले सहयोग गर्ने

अ+ अ-

कास्की । एसियाली विकास बैंक (एडीबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ। पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो।

एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेट गरी सहयोगको प्रतिबद्धता व्यक्त गरे। राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन्।

भेटवार्ताका क्रममा राममूर्तिले एडीबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गर्नुभएको महानगर प्रमुख आचार्यले बताए।

‘हाल सञ्चालित परियोजनाका बारेमा छलफल भयो। थप परियोजनामा समेत सहयोग गर्न एडीबी सकारात्मक छ’, प्रमुख आचार्यले भने। उनले पोखराको पूर्वाधारसहित पर्यटन विकासका सन्दर्भमा एडीबीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाको पहिचान गरिएको जनाए।

एडिबीको सहयोगमा हाल ठूलो परियोजनाका रूपमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ। यसैगरी पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ।

एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघि नै सम्झौता भइसकेको छ। महानगरका अनुसार एडीबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ। त्यस्ता परियोजना छनोट भइसकेका छन्। यस अन्तर्गत शहीदचोक–तीनकुने–राधाकृष्णमार्ग–एसओएस–घलेचोक–हरियो खर्क–पीआईए आठ किमी ८०० मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ। यसका लागि ५।३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ। पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो।

एडीबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ। परियोजनाअनुसार नौ वटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ।

फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्याण्ड को निर्माण गरिनेछ। यसमा तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ। रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइटबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस