२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक पर्यटनमा आशा जगाउँदै पूर्वी नेपालमा पोखराको प्रवर्द्धन सम्पन्न

अ+ अ-

गण्डकी । होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड, धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो ।

सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालको इलामबाट २० वर्षअघि सुरु गरिएको अभियानलाई त्यस यता निरन्तरता दिँदै आइएको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक बन्दै गएको र यसले देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा टेवा पुर्‍याएको उनले बताए ।

अभियान सुरु गर्दा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले उक्त दर ३५ प्रतिशत पुगेको उनको भनाइ छ । पूर्वी नेपालमा सञ्चालित कार्यक्रमले पोखरा र पूर्वी नेपालबीच पर्यटकीय साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए । आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ गरिएको कार्यकमले आन्तरिक पर्यटनको आगमनमा वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । आन्तरिक पर्यटनको चहलपहल बढाउन राज्यका तर्फबाट पर्यटनमैत्री नीतिसँगै सडकलगायतका पूर्वाधार, प्रभावकारी सडक तथा हवाई सञ्जालको विकासमा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रमका क्रममा विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तर्क्रियामा आन्तरिक पर्यटनको विकासका लागि सडक तथा हवाई सञ्जाल प्रभावकारी बन्नुपर्ने, राज्यको पर्यटनमैत्री नीति तथा व्यवहार हुनुपर्ने, भारतीय नोट नचल्दा भारतीय पर्यटक आगमनमा परिरहेको असरको अन्त्य गर्नुपर्नेलगायतका विषयमा व्यवसायीले भनाइ राखेका थिए ।

सङ्घका अध्यक्ष सुवेदी नेतृत्वको टोलीमा होटेल सङ्घ पोखराका सल्लाहकारद्वय विप्लव पौडेल, भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठ पोखरा महानगरपालिका-२३ का वडाध्यक्ष रामकाजी गुरुङलगायत पर्यटन व्यवसायी, जनप्रतिनिधि र सञ्चारकर्मीसहित २० जनाभन्दा बढी सहभागी थिए ।