२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

अ+ अ-

वीरगञ्ज (पर्सा) । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७-१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिस्पर्धा गर्ने छ । सोमबार भएको खेलमा पहिलो हाफमै पुलिसका प्रताप गुरुङ एक्लैले पाँच गोल गरे भने दोस्रो हाफमा पुलिसका प्रविण थापा र विवेक सन्तोषीले एक/एक गोल गरेका थिए । खेलको अन्तिम समयमा कलकत्ताका अमन मुन्सीले सान्त्वना गोल फर्काएको आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कार्तिक २५ गतेसम्म चल्ने प्रतिगोयतामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु.११ लाख ११ हजार १११ र उपविजेता टिमलाई नगद रु।पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु.१० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही रु.२० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.५० हजार पुरस्कार प्रदान गरिने उनको भनाई छ ।

प्रतियोगितामा दर्शकका लागि प्रवेश एक सय रुपैयाँ प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ गरिने उनले बताए । करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तिन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।