रामेछाप । रामेछापमा रहेका दुई वटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाइएको हो । खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको हिजो बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन् ।
दुबै भवन बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । दुवै कार्यालयका भवन साढेदुई तलाका छन् । दुवै कार्यालयका भवन निर्माण समान कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैयाँ लागतमा गरिएको हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख किरण राणा, प्रमुख जिल्ला अधिकारी अनिता निरौला,बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं, आनन्द श्रेष्ठ,सुनापति र खाँडादेवी गाउँपालिकाका अध्यक्ष द्वय ठुलो कान्छा तामाङ, ज्ञान कुमार श्रेष्ठ लगायतले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका बारे चर्चा गरेका थिए ।