२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्नाले राष्ट्रिय क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख, प्रशिक्षकलाई विशेष सम्मान दिइने

अ+ अ-

काठमाडौँ । अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । सोमबार आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।

वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रुपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरिएका छन् । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउने छन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रुपैयाँ पर्ने भएको छ ।

१५ सदस्यीय टिममा ललित नारायण राजवंशी, प्रतिश जिसी र विनोद भण्डारीले छनोट प्रतियोगिताका कुनै पनि खेल खेल्न पाएका थिएनन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल खेले पनि उनले बलिङ र ब्याटिङ दुवै गरेनन् । क्याच र रनआउट पनि नगरेका उनले व्यक्तिगत विधाको पुरस्कार पाएका छैनन् । दामासाहीले मिल्ने ९० हजार रुपैयाँमा नै उनले चित्त बुझाउनुपर्ने भएको छ ।

राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले पनि दामासायीले ९० हजार पाउनेछन् । टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नगद पुरस्कार दिइएको छैन । उनलाई समारोहमा टोकन अफ लभ प्रदान गरियो । अर्नाले प्रशिक्षक देसाईलाई छुट्टै कार्यक्रम राखेर विशेष सम्मान गरिने जनाएको छ ।

अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने भनिएको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाई २५ हजार दिने घोषणा गरियो ।

तर, पुरस्कारको यो ढाँचा वैज्ञानिक नभएको र सबै खेलाडीलाई न्याय नहुने भनेर विवाद बढेपछि अर्नाले सेमिफाइनल र फाइनलमा व्यक्तिगत विधाको पुरस्कार हटायो । त्यसपछि सिंगै टिमलाई पुरस्कार दिने नयाँ घोषणा गरियो । जसअनुसार टिमले प्रत्येक डट बलका लागि २ हजार रुपैयाँ, विकेटका लागि ३० हजार रुपैयाँ मेडन ओभरका लागि २० हजार पाएको छ । यस्तै प्रत्येक रनका लागि १५ सय, चौकाका लागि १५ हजार र छक्काका लागि २५ हजारको दरले हिसाब गरेर १८ लाख ७७ हजार रकम टिमलाई उपलब्ध गराइएको हो ।

व्यक्तिगत विधामा सबैभन्दा बढी रकम कुशल भुर्तेलले प्राप्त गरेका छन् । प्रतियोगितामै सर्वाधिक रन बनाएका भुर्तेलले अर्नाबाट ५ लाख ३ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सर्वाधिक रकम कुशल मल्लको भागमा पर्‍यो । उनले २ लाख ९० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, आसिफ शेखले २ लाख ३९ हजार, अविनाश बोहराले २ लाख २४ हजार र करण केसीले २ लाख २ हजार ५०० पाएका छन् ।

अन्य खेलाडीहरूमा सन्दीप लामिछानेले एक लाख ८२ हजार, रोहित पौडेलले एक लाख ६३ हजार, गुल्शन झाले एक लाख ४१ हजार ५ सय, विवेक यादवले १ लाख ४१ हजार, सोमपाल कामीले एक लाख ४३ हजार र सन्दीप जोराले ७० हजार रुपैयाँ पाएका छन् ।