७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लास्टिकजन्य फूलको गुच्छा प्रयोग नगर्नुस् : प्रजिअ गैरे

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलकोगुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्री वितरणलाई पूर्णरुपमा नियन्त्रण गरिने बताए।

उनले स्थानीय स्तरमा उत्पादित फूल तथा कृषि उपजहरूको प्रयोग गर्न गराउन जिल्लास्थित सार्वजनिक निकाय, राजनैतिक दल, उद्योगी व्यवसायी, नागरिक समाजलगायत सम्पूर्ण जिल्लावासीमा अनुरोधसमेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलका गुच्छा, माला आदिको उत्पादन, बिक्री वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

किसानबाट उत्पादित फूल स्थानीय माग धान्न पर्याप्त रहेको उल्लेख गर्दै सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूलको गुच्छा उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरुपमा रोक लगाएको कार्यालयद्वारा आज जारी सूचनामा स्मरण गराइएको छ ।

प्लास्टिकजन्य फूलका गुच्छा, मालाका साथै चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, तथा कृत्रिम अभावको सिर्जना गरी मूल्यवृद्धि गर्ने जस्ता कार्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस