६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्कालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिकै

अ+ अ-

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै न्युजिल्याण्ड आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिकै पुगेको छ । न्युजिल्याण्डले श्रीलङ्कालाई ५ विकेटले हराएको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।

श्रीलंकाका एन्जेलो म्याथुजले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २र२ विकेट लिए । आजको जितसँगै न्युजिल्याण्डको ९ खेलमा १० अंक भएको छ । ८र८ खेल खेलेका पाकिस्तान र अफगानिस्तानको  ८र८ अंक छ ।

अब सेमिफाइनलमा पुग्न पाकिस्तान र अफगानिस्तानले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले हराउनुपर्छ । तर यो असम्भव जस्तै देखिन्छ । पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । किनकि न्युजिल्याण्डको रनरेट निकै बलियो छ । आजको पराजयसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम भएको छ ।  भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस