२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रबारे निजी क्षेत्रसँग आज छलफल गर्दै प्रधानमन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन्।

देशको अर्थतन्त्रको हालको अवस्था र अबको दिशाबारे निजी क्षेत्रसँग जानकारी लिन प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन्।

निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बोलाएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

यसअघि प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग अर्थतन्त्रलाई गतिशिल बनाउनेबारे छलफल गरेका थिए । बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्रबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । यस्तै राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना धारण राखेका थिए ।

दाहालले केही दिन अघि मात्रै अर्थतन्त्रलाई चलायमान गर्न प्याकेज ल्याउन लागेको बताएका थिए ।

आज निजी क्षेत्रसँग छलफल गर्ने भनिएपनि उक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत अर्थसम्बन्धी सरकारी निकायका प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ ।