७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार धाममा तीन दिन मेला लाग्ने

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा आज,भोली र पर्सि (मङ्सिर ८,९ र १० गते) मेला लाग्ने भएको छ ।

डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सङ्गम स्थलको रूपमा रहेको बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ ।

बडीकेदार ठुलाकेदारको नामले पनि चिनिँदै आएको छ । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदारधामको दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडीकेदार क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकाले संयुक्त रूपमा काम गरिहरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने यो एउटा महत्त्वपूर्ण शक्ति पीठ हो यसको विकास प्रवर्धन प्रचार प्रसार गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

बडिकेदार धाममा तीन चार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन् । समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।

किंवदन्तीअनुसार परापूर्व कालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन । त्यही बेलाबाट कार्तिक चतुर्दशीका बेला बडीकेदार धाममा पूजाआजा हुने गरेको स्थानीय बताउँछन् ।

बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडा सम्म सवारी साधन मार्फत पुग्न सकिन्छ । पार्किङ स्थलबाट करिब सवा १ घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ ।

मेलाको अवसरमा पालिकाद्वारा एक दिन सार्वजनिक बिदा

डोटीको बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा गाउँपालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस