७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटेल खचाखच

अ+ अ-

काठमाडौँ । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका-५ स्थित मानहँकोटका होटेल खचाखच भएका छन्।

सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटेल बुक हुने गरेको स्थानीय होटेल व्यवसायीको भनाइ छ।

असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटेल खचाखच भरिएको मानहुँकोटस्थित होटेल भ्यु टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरूसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए।

‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटेल पनि खचाखच भरिएको छ,’ रावतले भने, ‘पर्यटकीय याममा दुई–तीन दिन पहिले नै होटेल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ।’

पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटेल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटेल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए।

आफूले तीन वटा त्रिपालबाट मानहुँकोट आउने पर्यटकलाई सेवा दिएको मानहुँकोट होटेलका सञ्चालक ३० वर्षीय मिलन थापामगरले बताए । आफूले प्रतित्रिपालको शुल्क प्रतिरात रु. एक हजार लिने गरेको बताए।

‘मैले त्रिपालमा राखेर पर्यटकलाई सेवा दिँदै आएको छु, एउटा त्रिपालमा चार जनासम्म सुत्न मिल्छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको चाप बढेपछि होटेलको क्षमता विस्तार गर्ने योजनामा छु।’

आफूहरूले दैनिक ५० जनासम्म राख्ने गरी होटेल सञ्चालनमा ल्याएको अम्रेला होटेल एण्ड रिसोर्ट सञ्चालक सुनिल सुनामले बताए। होटेलमा दैनिक दुई/तीन सय जनालाई सेवा दिइरहेको उनको भनाइ छ।

आफूलाई मानहुँकोटबाट देखिने सूर्योदय र बादलको दृश्य निकै आकर्षक लागेको धरानबाट आउनुभएकी ५२ वर्षीया निरु राईले बताइन्।

‘बादलको दृश्य पनि यस्तो राम्रो देखिएला भन्ने मैले सोचेको थिइन, अझै यसको प्रचारप्रसार गर्न सके सबैलाई मानहुँकोटको बारेमा जानकारी हुने थियो,’ उनले भने।

मानहुँकोटको विकासका लागि आफूहरूले पर्खाल निर्माणलगायतको काम गरिरहेको व्यास नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए।

समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ।

जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस