२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृत्यु

अ+ अ-

एकदिन बिहान म गन्तव्यविहीन यात्रामा निस्के, जुन यात्रामा मलाइ कहीँ पुग्न थिएन र फर्कनको लागि पनि केही हतार थिएन। अपरिचित ठाउँ, अपरिचित मानिस जहाँ म स्वयंलाई खोज्दै हिँडिरहेको थिए। 

हिँड्दै जाँदा एक नदीको किनारमा प्राकृतिक सुन्दरताको मनमोहक ठाउँमा पुगेर मेरो पाइला एक्कासि रोकियो। लामो सुस्केरा हाल्दै नदी नजिकैको एउटा ठूलो ढुङ्गा माथि गएर बिस्तारै बसेँ। 

अफिस बिदा लिएर गएको थिए। मोबाइल अनि घडी केही नलगी गएको मलाइ समयको कुनै प्रवाह नै थिएन । त्यो मीठो  नदीको सुस्केरा सँगै चिसो हावा अनि जङ्गलका चराचुरुङ्गीको आवाजमा म ध्यानमग्न भए । मलाइ लाग्न थाल्यो नदीको गति जस्तै हाम्रो जीवन पनि निरन्तर चलिरहेको छ। हामीले चाहेर पनि यो जीवनको गतिलाई रोक्न सक्दैनौँ। 

बालपन, किशोरपनसँगै आज युवापनमा म भुलिरहेको छु। हामीलाई यस्तो लाग्छ कि बुढ्यौलीपन त मेरा लागि होइन । यो त अरु कसैका लागि पो हो । म त युवा नै छु र युवा नै रहने छु । म सोच्न थाले सायद यो नदीलाइ पनि एक दिन मेरो अन्त छ, जुन समुन्द्र हो भन्ने लाग्छ होला कि म त निरन्तर गति हु भन्ने घमण्ड छ होला ? जेसुकै होस् म नदी जस्तो मेहनती त छैन नि, त्यस कारण यो सोच्ने मेरो अधिकार पनि होइन । म सधैँ आफ्नो अधिकार भन्दा बाहिर गएर सोच्न थाल्दछु । मलाइ के मतलब यो नदीले जे सुकै सोचोस्, म त यो नदी अनि प्रकृतिसँग रमाउन आएको रमाएर बस्ने पो हो त।

यत्तिकैमा टाढाबाट एउटा लामो मानिसको लस्कर नदीतिरै आइरहेको देखेँ । टाढा त मैले ठम्याउन सकिन किन यति धेरै मानिसको हुल यो नदीतिर आउँदै छ होला भनेर म सोच मग्न भए । बिस्तारै त्यो मानिसको हुल नजिकिँदै थाल्यो र शङ्खको धुन पनि सुनिन थाल्यो । अगाडि लामो सेतो कपडाको कात्रो र लास बोकेका मानिस देखेपछि मैले बल्ल पो थाहा पाए यी मानिस त मलामी  रहेछन्। म बसेको नदीको पारीपट्टि लास जलाउने घाट रहेछ । ती मलामीहरू घाटमा आइपुगे, लासलाई राखे र जलाउनको लागी चित्ताको निर्माण गर्न लागे। 

केही मानिसहरू चर्को स्वरमा रुँदै थिए भने सबै जना मलिनो अनुहारमा देखिन्थे । मलामीहरूले  दाउराको चित्ता निर्माण गरे, त्यसपछि उक्त चित्तामा आगो लगाइयो । धुवाँको मुस्लोसहित आगो बल्न थाल्यो । म एकोहोरो पारी मानव जीवनको अन्तिम क्षण हेरिरहेको छु । मासु, हड्डी र रगतले बनेको मानव शरीर केही बेरमा खरानी हुँदै थियो । केहीबेर अगाडि नदीको सुस्केरा अनि प्राकृतिमा रमाएर यही नदीलाइ गाली गर्ने म अहिले जीवनको वास्तविक सत्यताको रहस्य अबोध बालक जसरी हेरिरहेको थिए । 

यी मानिस अगिसम्म को थिए होलान् ?  यिनीसँग नाम, पैसा, पद शक्ति कति थियो होला ? भोलिको सोच के थियो होला ? शरीर त उहीँ हो अगिसम्म कसले चलाएको थियो होला ? केही घण्टा अगाडी अनेकौँ सपना बुनेका यी मानिसको शरीरबाट त्यस्तो के चिज निस्कियो होला र मानिसबाट लास हुन पर्‍यो ? हाम्रो शरीरलाई चलाउने त्यस्तो के चिज छ होला ? जसको कमीमा हामी मानिसबाट लासमा परिणत हुन्छौ ? मेरो मनमा यस्ता जटिल प्रश्नहरू आउन थाले । 

आजसम्म यस्ता कुरा कुनै विश्वविद्यालयमा सिक्न पाएको थिइन र कुनै पुस्तकको ठेलीमा पनि पढ्न पाएको थिइन । केही घण्टा अगाडि म जस्तै मानिसको त्यो शरीर अहिले मुडो जसरी पल्टिएर आगो बोली रहेको छ मैले यस्तै यस्तै सोच्न थालेँ । सोच्दै गर्दा भौतिकवादी र नास्तिकहरूले दिने मानव जीवनको परिभाषा सम्झन लागे । उनीहरूले सधैँ भन्ने गर्दछन् यो मानव जीवन जन्मदेखि सुरु हुन्छ र मृत्युमा गएर अन्त्य हुन्छ । न जन्म भन्दा पहिला केही थियो नत मृत्यु पछि नै केही हुने छ ।  साँच्ची के यो मानव जीवन भौतिकवादीले भने जस्तो जन्म र मृत्युको बिचमा मात्र छ होला ? मृत्यु पछि हाम्रो सबै अस्तित्व समाप्त हुन्छ होला त ? फेरि आध्यात्मिक  र आस्तिकहरूलाई सम्झे उनीहरूले भन्ने गर्छन्, मानव जीवन त एक चोला हो । वास्तवमा हामी यो मासु र हड्डीले बनेका भौतिक शरीर होइनौँ । हामी वास्तविक त आत्मा हौँ वा ऊर्जा हौँ । यो मानव जीवन त क्षण भङ्गुर हो, जसरी हामीले कपडा फेर्छौ त्यसगरी हाम्रो आत्माले पनि यो जीवन चोला फेर्ने गर्छ । जन्म अघि हामी कोही थियौँ र मृत्यु पछि पनि फेरि हाम्रो अर्कै अस्तित्व रहने छ । 

हामी त वास्तवमा अमर छौँ। यो मानव शरीरलाई म भन्दै गर्दा हामी भ्रममा बाचिरहेका छौँ। वास्तविक सत्यबाट वञ्चित छौँ। पारीपट्टि धुवाको मुस्लोसहित दन्किरहेको आगोलाई हेर्दै गर्दा मेरो मनमा द्वन्द्वको सुरुवात हुन लाग्यो । द्वन्द्वको विषय थियो म को हु ? जीवन के हो ? मृत्यु के हो ? मृत्यु पछि म कहाँ जाने छु ? भौतिकवादीले भने जसरी मेरो अस्तित्व मृत्यु पछि सकिने छ कि आध्यात्मिक चिन्तकले भने जसरी मेरो शरीर मात्र नष्ट भई वास्तविक म को अस्तित्व बाँकी नै रहने छ । मनमा निकै ठूलो द्वन्द्व हुन थाल्यो। 

बाहिर संसारमा नाम, पद र शक्तिबाट घमन्डी म आज आफ्नै अस्तित्व अनि स्वयंको बारेमा अज्ञात वा अबोध भए। मृत्यु जस्तो जटिल विषयमा मेरो मनमा द्वन्द्व आउनु ठिकै पनि थियो । किनकि मृत्युको बारेमा महान् दार्शनिकहरूको त फरक बिचार छ भने म को नै हुँ र मृत्युलाई चिन्न सक्ने ? पारिको लास बिस्तारै खरानीमा परिणत हुँदै थियो। म  वारि बसेर एकोहोरो टहलिरहेको थिए। फेरि म सोच्न थाले सायद आज यो पृथ्वीमा मृत्यु हुँदैन थियो होला भने के हुन्थ्यो होला ? एकोहोरो जन्म मात्रै हुन्थ्यो भने पृथ्वीमा मानिसले खुट्टा टेक्ने ठाउँ पनि हुँदैन थियो होला । कस्तो अस्तव्यस्त हुन्थ्यो होला है यो पृथ्वी त।

प्रकृतिले कस्तो चक्र बनाएको होला पृथ्वीलाई सन्तुलन राख्नको लागी । बिना भेदभाव राजा होस् या गोठालो सवैलाई समान व्यवहार कस्तो निष्पक्ष न्याय प्रणाली छ है यो मृत्युको । जन्मेपछि मर्न चाहिँ हामी किन डराउँछौ ? जन्माउन हामी रहर गर्छौ तर मृत्यु चाहिँ नआइदियोस् भनेर भन्छौ यो त पृथ्वी र प्रकृति माथि अन्याय भएन र ? जन्मने हाम्रो अधिकार ठान्ने हामी मृत्यु हाम्रो कर्तव्य हो भनेर किन बुझ्दैनौ ? किन मृत्युबाट टाढा भाग्न खोज्छौ ? हामी सारै स्वार्थी छौ। 

सधैँ आफ्नो मात्र सोच्छौँ, पृथ्वी अनि प्रकृतिको बारेमा हामिलाई कहिल्यै सोच्ने फुर्सद नै भएन । लास जलिसकेर खरानी भयो केही घण्टा अगाडि म जस्तै मानिसलाई अहिले खरानीको रूपमा देख्दै थिएँ । त्यो खरानी छाडेर मलामीहरू आ–आफ्नो घरतिर फर्किए, आखिरमा बाहिरी संसारको साथ त सास रहने बेलासम्म त रहेछ । म झसङ्ग हुँदै सोच्न थाले म पनि एक दिन खरानी नै हुनु छ। आखिरमा यति धेरै घमण्ड, अहङ्कार, लोभ, मोह, रिस, राग र द्वेष किन ? यी सब कसका लागि ? जब मानिसमा म पनि एक दिन मर्ने छु भनेर मृत्युको बोध हुँदो रहेछ, त्यसपछि जीवनमा धेरै परिवर्तन हुँदो रहेछ। 

हामी धेरैले मृत्युको बारेमा सोचेका नै छैनौँ, अथवा सोच्ने फुर्सद नै छैन । जीवनमा निकै अस्तव्यस्त रहेका छौ, त्यस कारण त हामी निकै दुखी छौँ । जुन दिन जीवनको वास्तविक सत्य मृत्युको बारेमा थाहा पाउने त्यस दिन हाम्रो जीवन निकै परिवर्तन हुने छ। मानिसमा जब मृत्यु बोध हुन्छ त्यसपछि घमण्ड, अहङ्कार, लोभ, मोह, रिस, राग र द्वेषबाट मुक्त हुने छ। 

मानिसले नराम्रो काम कहिल्यै गर्ने छैन र समाजमा पनि सुशासन, नैतिकता र कानुनको पालना हुने छ । ब्यक्तिला मात्र नभई समाजमा नै परिवर्तन आउने छ। जीवनको वास्तविक सत्य मृत्युको बारेमा विद्यालय देखी विश्वविद्यालय  सम्मका पाठ्यक्रममा समावेश गरिनु पर्दछ।जब मानिसमा  मृत्यु बोध हुन्छ त्यसपछि व्यक्ति, समाज र राष्ट्रमा नै असल आचरणको विकास भइ भ्रष्ट समाजको अन्त्य हुनेछ।