९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ ।

क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशङ्कर कुमार गोइत, नवीनकुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् । तर, शेखर कोइराला समूहबाटै नवीन र भूपनारायण मैदानमा उत्रिएका छन् ।

साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य मुक्ता यादव र पुराना नेता आनन्द ढुङ्गानाको समर्थन छ । सोही क्षेत्रमा पर्ने हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव र कमला नगरपालिकाका मेयर विशेश्वर यादव पनि साधुकै पक्षमा खुलेका छन् ।

नवीनलाई पूर्वसांसद दिनेश प्रसैलाले मैदानमा उतारेको स्रोतको दाबी छ । उनलाई जसरी पनि जिताउन पूर्वसांसद प्रसैला भोट माग्दै हिँडेका छन् ।

क्षेत्र नम्बर २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव भूपनारायणलाई जिताउन माहोल बनाइरहेका छन् । पूर्वसांसद शिवधारी यादव पनि भूपनारायणको पक्षमा खुलेका छन् ।

पार्टीको क्षेत्रीय निर्वाचनमा पनि गुट उपगुट सक्रिय बनेको छ । उम्मेदवारहरुभन्दा पनि केन्द्रीय नेताहरुले आआफ्ना पक्षका नेतालाई क्षेत्रीय सभापति बनाउन घरदैलो गरिरहेका छन् ।

अहिलेको अवस्थामा साधु बलिया उम्मेदवार देखिन्छन् । दुई स्थानीय तहका मेयरसमेत सक्रिय बनेपछि साधुले क्षेत्रीय सभापतिमा बाजी मार्ने सम्भावना बढेको सो क्षेत्रका एक काँग्रेस नेताले बताए ।

उनले भने, साधु बलियो देखिए पनि नवीन र भूपनारायण पनि कमजोर छैनन् । यहाँ कडै प्रतिस्पर्धा हुन्छ ।’

यस्तै सात महासमिति सदस्यका लागि पनि मतदान हुनेछ । जसमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।

महासमिति सदस्यका लागि प्रत्यक्षतर्फ दिनेशप्रसाद प्रसैला, विशेश्वर यादव, भोला चौधरी, महेशशंकर गिरी, राजदेव यादव, राजेश्वर गोइत, शिवधारी यादव र सुधीर गोइत उम्मेदवार छन् ।

यस्तै समानुपातिकतर्फ २ जनाका लागि उत्तीमप्रसाद मण्डल, रामचन्द्र मण्डल र शत्रुधन यादव उम्मेदवार छन् ।

धनुषा क्षेत्र २ मा औरही गाउँपालिका‌, शहिद नगरपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिकाका ४ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा पर्छन् ।

निर्वाचन तालिकाअनुसार शनिबार क्षेत्रीय सभापति र महासमिति सदस्यका लागि मतदान हुनेछ ‌। ८२२ क्षेत्रीय प्रतिनिधिलाई मतदाता कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस