११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी कार्यालय बनाउन पनि सरकारले छुट्यायो बजेट

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ ।

प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनाउन बजेट बजेट छुट्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली काँग्रेससँगै नेकपा एमाले, र माओवादी केन्द्रको कार्यालय भवन बनाउन चार करोड ७५ बजेट विनियोजन गरेका हुन् ।

काँग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका-२ मा  निर्माणधीन छ । पार्टी कार्यालयको नाम सुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ । गत वर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको यो कार्यालयका लागि यो वर्ष दुई करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

सुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन नाममा एक करोड ५० लाख र सुशीला विश्वेश्वर स्मृति प्रतिष्ठान भवनका नाममा थप एक करोड छुट्याइएको छ । दुवै नाम गरेको भवन पार्टी कार्यालय नै भएको काँग्रेस प्रदेश समिति स्रोतले बताएको छ ।

एमाले मोरङको कार्यालय विराटनगर ११ पाञ्चालीमा पर्छ । मदन स्मृति नाम दिइएको दुई तले भवनको पहिलो तल्लामा जिल्ला कमिटी र दोस्रो तल्लामा प्रदेश कमिटीको कार्यालय छ ।

एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्यालय प्रयोजनका लागि स्मृति प्रतिष्ठानको तला थप गर्ने तयारी छ । त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।

सत्तारुढ माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणधीन छ । डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको यो भवन बनाउन गत वर्ष ४० लाख बजेट विनियोजन भएपनि खर्च भएन ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । डोलराज कोइराला स्मृति सामुदायिक भवनका लागि १ करोड ५० लाख र डोलराज कोइराला स्मृति सभाहलका लागि २५ लाख रुपैयाँ छुट्याएको हो ।

काँग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले गरिरहेको छ । यही कार्यालयले एमालेको भवनमा तला थप्नेछ । कार्यालयका निमित्त प्रमुख रुद्रनारायण मिश्रका अनुसार कटहरी-२ मा गत वर्ष एक तले भवनको स्टमेट अनुसार निर्माण सुरु भएको थियो ।

यस्तै प्रदेश सरकारले इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा एउटै शौचालय  बनाउन पाँच करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस