२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने काँग्रेसको एजेण्डा पारित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ ।

‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘काँग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न काँग्रेस महासमिति बैठकमा पनि लैजाँदैछौं ।’

मुलुक सङ्घीयतामा गएको लामो समय भए पनि अधिकार प्रत्यायोजन नभएको काँग्रेस लुम्बिनीको निष्कर्ष छ । सङ्घीयताबारे पनि आवश्यक छलफल गर्नुपर्ने सम्मेलनको निचोड छ ।

‘केन्द्रले अधिकार नदिएपछि त्यसको मर्म, भावना र उद्देश्यअनुसार काम हुन सकेको छैन । त्यसैले यो विषयमा पनि अब छलफल गर्नुपर्छ’, प्रदेश सभापति पुनले भने ।

उनका अनुसार सम्मेलनले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ ।