काठमाडौँ । शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेकाे छ ।
आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहकाे शेयर घटेको छ । आज उत्पादन तथा प्रशाेधन, व्यापार र अन्य समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालकाे शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन समाज लघुवित्तकाे शेयर ८ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
आज ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिलरल्स एन्ड आयल कम्पनीकाे ७ कराेड ४६ लाख रुपैयाँकाे शेयर किनबेच भयो ।







