२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रले भन्यो-रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउ

अ+ अ-

काठमाडौँ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ । रुसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ ।

रुसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो । नेपालले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ ।

‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ, ’परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी रुसी सेनामा भर्ना भइ हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।

त्यस्तै सरकारले रुस जान रोक लगाएको छ । अब सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्न रोक लगाइएको हो । रुस जानु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभागबाट ‘एनओसी’ लिनु पर्नेछ ।