६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘व्यक्तिगत स्वार्थका लागि सङ्गठनविरुद्ध मिडियाबाजी गर्नेमाथि कारबाही हुन्छ’ : प्रधान सेनापति

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संगठनविरुद्ध लाग्ने प्रतिबद्ध अन्त्य गर्न आफू कटिबद्ध रहेको बताएका छन् ।

गण र गुल्मका कमान्डरका लागि आयोजित ओरिन्टेसन कार्यक्रममा शर्माले व्यक्तिगत स्वार्थलाई लिएर सङ्गठन प्रतिकुल गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए । उच्च ओहोदाका अधिकृत विवादित बनेपछि नेपाली सेना अहिले चर्चामा छ । जन्ममितिमा कैफियत देखिएपछि रथीमा सिफारिस भएका ताराध्वज पाण्डेले हालै सेवाबाट राजीनामा दिएका थिए ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमलाई प्रयोग गरेर नेपाली सेनाका कामकारबाही, नियमित सञ्चालन प्रक्रिया लगायत विषयमा अनर्गल प्रचार भइरहेको भन्दै उनले विधि, पद्धति र प्रक्रिया विपरीत कसैसँग सम्झौता नगर्ने बताए ।

पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेकोतर्फ सकल दर्जालाई सचेत रहन निर्देशित गर्दै प्रधान सेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रिया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने कुरा बताएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति शर्माले भने, ‘असङ्ख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थ सिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीकोबीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढङ्गले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको बताएका छन् ।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेद्वारहरुको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको समेत प्रधान सेनापतिले बताएका छन् ।

त्यसक्रममा उनले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकता अनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जङ्गी अड्डाले कारबाही अघि बढाउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस